२८ चैत काठमाडौ। स्वास्थ्य मन्त्रालयद्वारा सातै प्रदेशमा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी मन्त्रालय सचिव डा. रोशन पोखरेलले सातै प्रदेशमा केन्द्रहरू स्थापना गरी अनुसन्धान आवश्यक रहेको बताएका छन् ।उनले अनुसन्धानका शाखा विस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि जानकारी दिए ।

उनले भने, ‘अनुसन्धानको दायरा बढाउन हामीले यसको शाखा हरेक प्रदेशमा विस्तार गर्नुपर्छ। त्यसका लागि मन्त्रालय लागिपरेको छ। हामीले प्रादेशिक रूपमा अघि लैजानुपर्ने भन्ने मुख्य आवश्यकता हो। त्यसका लागि हामी गहन छलफल छौँ । कोरोना कालमा गरेका अनुसन्धानले पनि हामीलाई धेरै मद्दत पुगेको छ। अब हामीलाई नसर्ने रोगका लागि धेरै अनुसन्धान चाहिएको छ। हाम्रा नीतिहरू त्यसैअनुरूप अघि बढ्नु आवश्यक छ।’