२९ चैत काठमाडौ।सिन्धुलीको कमलामाई नगरपालिका बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गढीगेट नजिकै कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु र एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते ब्यक्तिलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । कारमा पाँच जना सवार थिए ।एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको जानकारी आएको छ ।
कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । भीरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन । “त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ”, उहाँले भन्नुभयो ।शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो ।