Logo

बुधवार, श्रावण १३ गते २०८३

नेकपा एमालकोे सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि   मतदान हुँदै

नेकपा एमालकोे सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि   मतदान हुँदै

जोईन खबर

२९, जेठ २०८१
  • 928
    SHARES
  • नेकपा एमालकोे सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि   मतदान हुँदै

    २९ जेठ काठमाडौँ ।  काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा  नेपाल कम्युनिष्ट पार्टी एमालेको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।सहमतिमा नेतृत्व चयन हुन नसकेपछि आज  १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले बताए ।

    images

    नयाँ नेतृत्वका लागि   जिल्ला कमिटीका अध्यक्ष निरौलाको अनुसार  अध्यक्ष पदका लागि  दुई जना निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा र उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी  रहेको छ ।

    यसै   नेतृत्वको सचिव पदको लागि राजेश शाक्य र सत्यनारायण डङ्गोल तथा  उपसचिवमा उद्धव भण्डारी, विन्दु मर्हजन, गुञ्जमान सिंह बस्नेत र  तारा भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।अधिवेशनको यही जेठ २६ गते एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

    प्रकाशित मिति :जेठ २९, २०८१ मंगलवार - १२:५९:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको