१० असार काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से परिसूचक साताको दोस्रो कारोबार दिनमा झिनो अंक बढेको छ। हिजो आइतबार ५.३७ अंक घटेर २०६२.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१४ अंक बढेर २०६३.०९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ४९ स्टकको १३२ पटकको कारोबारमा ७९ लाख ३६ हजार १५१ रुपैयाँ ९० पैसाबराबरको १५ हजार ६८४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।