१२कार्तिक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख डोलप्रसाद अर्याललाई भेट्न सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका छन्। सभामुखको सचिवालयका अनुसार लामिछाने र अर्यालबीच करिब २० मिनेट भेटवार्ता भएको हो।
सभामुखको सचिवालयले उक्त भेटलाई अनौपचारिक भेटका रूपमा जनाएको छ। भेटका क्रममा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
यसअघि बुधबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० बीच भेटवार्ता भएको थियो। उनीहरूबीच करिब चार घण्टा लामो छलफल भएको बताइएको छ।
प्रधानमन्त्री शाहसँगको लामो भेटको भोलिपल्टै लामिछाने सभामुख अर्याललाई भेट्न सिंहदरबार पुगेका हुन्। पछिल्लो समय लामिछानेले उच्च राजनीतिक पदमा रहेका व्यक्तिहरूसँग भेटघाटलाई तीव्रता दिएका छन्।
यद्यपि, सभामुख अर्यालसँगको भेटको उद्देश्य र छलफलका विषयबारे औपचारिक विवरण सार्वजनिक नभएकाले भेटलाई अनौपचारिक भेटका रूपमा मात्रै लिइएको छ।