Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप,अहिले नगरसभा नै स्थगित

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप,अहिले नगरसभा नै स्थगित

जोईन खबर

१०, आषाढ २०८१
  • 763
    SHARES
  • बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप,अहिले नगरसभा नै स्थगित

    १० असार काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप पछि नगरसभा नै स्थागित  भएको छ ।आज भएको नीति तथा कार्यक्रम  र बजेट ल्याउन बोलाइएको वैठकमा  दुई दलका नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप सुरु भएको थियो ।

    images

    यो भन्दा पहिला पनि नेकपा माओवादी केन्द्रबाहेक अरु नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका   मेयर राजन पौडेल बताए । यही नगर सभा गर्नको लागि भनि  असारको  ६ र ८ गते नगरसभाको बैठक बोलाए पनि  ती ४ दलका जनप्रतिनिधिहरु सहभागी नहुँदा वैडक पटक पटक स्थगित भएको थियो ।

    images
    images
    images

    image_2024-06-24_163540663.png

    मेयर राजन पौडेलले  अबक आउने नगरसभाको लागि  आवश्यक संख्या २५ प्रतिशत पुर्‍याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए । नेपाली कांग्रेस र एकीकृत समाजवादी अन्तिम समयमा नगर सभा बैठकका लागि सहमत भएका थिए ।

    image_2024-06-24_163502831.png

    तर एमाले र लोसपा सहमत नहुँदा झडपको स्थिति बनेको हो ।नगर सभामा झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने नगर सभा सञ्चालन हुन सकेको छैन ।image_2024-06-24_163626938.png

    प्रकाशित मिति :आषाढ १०, २०८१ सोमवार - १६:२४:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको