Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एसईईको नतिजा भोली बिहान ९ बजे सार्वजनिक हुने

एसईईको नतिजा भोली बिहान ९ बजे सार्वजनिक हुने

जोईन खबर

१२, आषाढ २०८१
  • 817
    SHARES
  • एसईईको नतिजा भोली बिहान ९ बजे सार्वजनिक हुने

    १२ असार काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा भोली  बिहान ९ बजे सार्वजनिक गर्ने भएको छ । एसईईको नतिजा भोली बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले  बताए ।

    images

    नतिजा सार्वजनिकको लागि  बिहान ७ बजे बोर्डको बैठक बस्ने अध्यक्ष शर्माले जनाए । बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले बिहीबार सार्वजनिक गर्न लागेको हो ।  बोर्डले अहिले नतिजाको डेमो गरिरहेको छ । त्यसको सबै प्रक्रिया पूरा गर्न अझ ४र५ घण्टा लाग्ने भएकोले आज बेलुका नतिजा सार्वजनिक गर्ने नसकिएको बताए ।  

    images
    images
    images

    गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्न लागेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

    यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने र नआएको खण्डमा फेल भए सरह मानिने छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । ग्रेड बढाउन  पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । 

    प्रकाशित मिति :आषाढ १२, २०८१ बुधवार - २३:१५:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको