Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पाकिस्तानमा  गर्मीका कारण ६ दिन भित्रमा ५ सय भन्दा बढीको मृत्यु 

 पाकिस्तानमा  गर्मीका कारण ६ दिन भित्रमा ५ सय भन्दा बढीको मृत्यु 

जोईन खबर

१३, आषाढ २०८१
  • 721
    SHARES
  •  पाकिस्तानमा  गर्मीका कारण ६ दिन भित्रमा ५ सय भन्दा बढीको मृत्यु 

    १३ असार काठमाडौँ ।  पाकिस्तानमा बढ्दो गर्मीका कारण छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको छ । यी घटना दक्षिणी पाकिस्तानमा भएका हुन्।ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरिएको छ ।

    images

    ६ दिनमा उनीहरूले करिब ५ सय ६८ शव सङ्कलन गरेका छन्, जसमध्ये मंगलबार मात्रै १४१ जनाको शव सङ्कलन गरिएको छ ।यी सबैको मृत्युको कारण के हो भन्ने अहिले नै भन्न गाह्रो भएको बीबीसीको रिपोर्टमा उल्लेख छ । तर, गर्मी बढेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढेको हो । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ र आर्द्रता यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियस जस्तो महसुस भएको छ।गत आइतबार र बुधवारको बिचमा कराँचीको सिभिल अस्पतालमा हिट स्ट्रोकका कारण २६७ जनालाई भर्ना गरिएको थियो ।

    images
    images
    images

    तीमध्ये १२ जनाको मृत्यु भएको आपत्कालीन विभागका प्रमुख डा इमरान सरवर शेखले जानकारी दिए ।डाक्टर शेखले बीबीसीलाई भने, ‘अस्पतालमा आउने अधिकांश मानिसहरू ६० वा ७० वर्षका छन्, केही ४५ वर्षका थिए भने केही युवाहरू पनि छन् । हामीले देखेका सबै मानिसहरू बाहिर काम गरिरहेका थिए । बढ्दो तापक्रममा हामीले उनीहरूलाई धेरै पानी पिउन र हल्का लुगा लगाउन भन्यौँ।गत साताको अन्त्यमा पाकिस्तानमा बढेको तापक्रमलाई आंशिक गर्मीको लहर पनि भनिएको थियो। जनतालाई राहत प्रदान गर्न र गर्मीको लहरबाट जोगाउन शिविर र केन्द्र स्थापना भइरहेका छन् । एजेन्सी

    प्रकाशित मिति :आषाढ १३, २०८१ बिहिवार - १०:४२:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको