१३ असार काठमाडौँ । आज सुन र चाँदीको मूल्य घटेर कारोवार हुदै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार १०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ।
आज सुन प्रतितोला ८०० रुपैयाँले घटेको छ । हिजो बुधबार छापावाला सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज चाँदी तोलाको एक हजार ७८० रुपैयाँमा किनबेच भईरहेको छ।
आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ। हिजो बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँमा किनबेच भएको थियो। यसै गरी सुन र चाँदीको मूल्य निरन्तर दुई दिनदेखि घट्दो क्रममा छ।