१३ असार काठमाडौँ । दुबई जान भनि विमानस्थल पुगेका चर्चित गायक राजेशपायल राईलाई उड्न लागेको जहाजबाट घर फर्काइएको छ ।
गायक राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अघि नै अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले जानकारी दिए।
साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका थिए ।
विमानस्थलभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि राईलाई प्रहरी बोलाई जिम्मा लगाइएको हो । राईलाई मदिरा सेवान गरि होहल्ल गरेको आरोपमा यो सहित दोस्रो पटक पक्राउ परेका हुन् ।