१३ असार काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । गोरखाबाट इसईईमा सहभागी मध्य ३२.०६ प्रतिशत मात्र बिधार्थी उतीर्ण र ६७.९४ प्रतिशत विद्यार्थीहरु अवर्गीकृत वा फेल भएका छन् ।
यो २०८० सालको एसईई परिक्षामा गोरखा जिल्लाबाट सहभागी कुल ३ हजार ६ सय २८ जनाले परीक्षा दिएका थिए । ती मध्ये १ हजार १ सय ६३ जना पास भए भने २ हजार ४ सय ६५ जना बिधार्थीहरु नतिजा आुसार फेल वा अवर्गीकृत ९एनजी० ग्रेड भित्र परेका गोरखा शिक्षा बिकास तथा समन्वय इकाइले जनाएको छ । एक वा दुईवटा विषयमा एनजी ग्रेड ल्याउने विद्यार्थीहरुले भने यही साउनमा १८ र १९ गते पुरक परीक्षा दिन पाउने कार्यालयले जनाएको छ ।
दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुले भने अर्को बर्षमात्र परीक्षा दिन पाउने कार्यालयको भनाइ छ । जिल्ला भित्रबाट एसईई परीक्षामा एक जनाले ‘ए सर्वाेत्तम,५८ जनाले अत्युत्तम,२४८ जनाले उत्कृष्ट ५४७ जनाले उत्तम,२९१ जनाले सन्तोषजनक,१८ जनाले ग्राह्य,आधारभूतमा शून्य र २४६५ अवर्गीकृत वा एनजी ग्रेड ल्याएको कार्यालयले जनाएको छ ।
