Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेश संसाद देवकोटा पुन मन्त्रीमा नियुक्ती

प्रदेश संसाद देवकोटा पुन मन्त्रीमा नियुक्ती

जोईन खबर

१६, आषाढ २०८१
  • 808
    SHARES
  • प्रदेश संसाद देवकोटा पुन मन्त्रीमा नियुक्ती

    १६ असार काठमाडौँ । गण्डकी प्रदेश सांसद फणिन्द्र देवकोटा पुनः उर्जामन्त्रीमा नियुक्त हुने भएका छन् । मन्त्री देवकोटालाई गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज  एक कार्यक्रमा बिच आज ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा  नियुक्त गरेका हुन् । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद् छिरेका डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त भएका  हुन् ।

    images

    गत जेठ २८ गते नेकपा ९माओवादी केन्द्र०को निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित  भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले बजेट आउनु अघिल्लो दिन जेठ ३२ गते देवकोटा पदमुक्त भएका थिए । सभालाई पनि जानकारी गराएका थिए ।माओवादी केन्द्रको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा रिट लिएर गएका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न आदेश भएको थियो । 

    प्रकाशित मिति :आषाढ १६, २०८१ आइतवार - १२:३३:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको