१६ असार काठमाडौँ । हिजो दोलखाको तामाकोशी नदि बजारनजिकैको पक्की पुल छेउमा एकजना महिला हिँड्दै नदीतिर गएर हिलिएको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल बन्नेको छ । पुलमा हिडि राखेका एक मानिसले नदिको नजिक तिर जादै गरेको र माथिबाट देख्नेले पनि तेता जानु हुदैन भने सुनेको भिडियो खिचिरहेका र उनी एकसुरमा नदीतिर जादै गरेको भिरालो ठाउँबाट नदी किनारमा पुगेकी उनलाई माथिबाट कराउँदै रोक्ने कोसिस गर्दा पनि नमाने देखिएको थियो ।

ती बेपत्त भएकी महिलालाई एक जना युवक किनारमै पुगे पनि ती महिला केही सेकेन्डले तामाकोशीमा हेलिएर बेपत्ता भएको हुन् ।तामाकोशीमा हेलिएर बेपत्ता भएकी ती महिला दोलखाको मेलुङ गाउँपालिका-४ भेडुप निवासी करिब ६५ वर्षीया ओमाकुमारी तामाङ (माया) ले तामाकोशीमा हेलिएर आफ्नो ज्यान आफै गुमाएइकी छन् ।
एक स्थनिएको भनाई अनुसार उनी केही समय अघि मात्र काठमाडौँबाट दोलखा गएकी थिइा् । उनको सबै परिवार नै काठमाडौंको नयाँ बस्ती बस्दै आएकी थिइन् । शनिबार उनी काठमाडौंबाट गाउँ जाने भन्दै दोलखा पुगेकी थिइन् ।

शनिबार बिहानै काठमाडौंबाट दोलखाको मेलुङ गाउँपालिका–३ गाईखुरा हुँदै भेडपु जाने बस चढेर उनी तामाकोशी किनारसम्म पुगेकी थिइन् । उनको साथमा गाउँका चिनेजानेकै मानिसहरू पनि थिए ।उनी तामाकोशी बजारमा गाडी रोकेका बेला झरेको थिइन् ।गाडीमा सँगै सवार साथीहरूले अब जाऊँ भन्दा ओमाकुमारी आफ्नो काम परेकाले यतै ओर्लिने भन्दै झरेको खुलेको छ ।

ओमाकुमारी तामाकोशीमा हेलिएपछि जिल्ला प्रहरी कार्यालय दोलखाको टोली खोजीमा जुटेको थियो ।प्रहरी निरीक्षक शत्रुधनकुमार महतो नेतृत्वको टोलीले उनको खोजी गरिरहेको छ ।