Logo

मंगलवार, श्रावण १२ गते २०८३

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच बिहान भेटवार्ता 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच बिहान भेटवार्ता 

जोईन खबर

१७, आषाढ २०८१
  • 793
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच बिहान भेटवार्ता 

    १७ असार काठमाडौँ । आज बिहान नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रधानमन्त्री दाहालसँग दुई दिन लगातार भेटघाट गरेका हुन्।

    images

    ओलीले शनिबार आफ्नै निवास बालकोटमा कांग्रेस सभापति शेरबहादुर देउवासँग तीन घण्टा वार्ता गरेका थिए । त्यसपछि प्रधानमन्त्री दाहालसँग आइतबार र सोमबार लगातार ओलीले भेट गरेका हुन् ।

    सोमबार बिहान भएको भेटवार्ताको विषय सार्वजनिक भएको छैन । प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने विषयमा छलफल भएको भएको जानकारी दिए ।त्यस्तै दुई नेताबीच संक्रमणकालीन न्याय सम्पादनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

    प्रकाशित मिति :आषाढ १७, २०८१ सोमवार - १०:४९:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको