१७ असार काठमाडौँ । आज बेपत्त भएको भनिएको तारा एयरले आफ्नो जहाज सम्पर्कविहीन भएको भन्ने निराधार हल्ला चलाइएको बताएको छ ।पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार मिडिया र सामाजिक सञ्जालमा फैलिएपछि तारा एयरले एक विज्ञप्ति जारी गर्दै कुनै जहाज नहराएको स्पष्ट गरेको छ ।
तारा एयरले कुनै पनि जहाज नउडेको र नहराएको जानकारी दिँदै उनले कम्पनीबारे फैलाइएको अफवाहप्रति सचेत हुन र भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ ।
उक्त कम्पनिले यस नभएको समाचार फैलाउने अनलाइन माध्यमलाई कार्बाहि गर्ने निर्णय गरेको छ ।
