१८ असार काठमाडौँ । आज बसेका माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने र संसदमा विश्वासको मत लिने भएका छन् ।
हिजो राति मात्र भएको नाँय सत्ता समिकरणले गर्दा आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
केन्द्रीय सचिव पौडेलल बैठकपछि सञ्चारकर्मीसंग गरेको कुराकानी अनुसार प्रधानमन्त्री ले गलेर नछोड्न र गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने समेत प्रधानमन्त्रीले कुरा राख्नुभएको बताए ।
विश्वासको मत लिने र विभिन्न दलसंग कुराकानी गर्ने, अहिले सत्ता गठबन्धनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमालेसंग र प्रति पक्षय दल कांग्रेससँग पनि कुराकानी गर्ने र अगाडि बढ्ने बताए ।