Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालय लक्षित गर्दै ‘कानुनी साक्षरता कार्यक्रम सञ्चालन

गोरखा नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालय लक्षित गर्दै ‘कानुनी साक्षरता कार्यक्रम सञ्चालन

जोईन खबर

१८, आषाढ २०८१
  • 901
    SHARES
  • गोरखा नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालय लक्षित गर्दै ‘कानुनी साक्षरता कार्यक्रम सञ्चालन

    १८ असार काठमाडौँ । गोरखाको गोरखा नगरपालिकाको न्यायिक समितिले नगरपालिका भित्रका सामुदायिक विद्यालय लक्षित ‘कानुनी साक्षरता कार्यक्रम’ आइतबार देखि संचालन गर्दै आएको छ । यस कार्यालयले आइतबार देखि सञ्चालन गरेको  कार्यक्रममा आज सम्म ३ सामुदायिक विद्यालयहरुमा सहजीकरण गरिसकेको  छन् ।

    images

    समितिले आइतबार र सोमबार गरेको कार्यक्रममा  गोरखा नगरपालिका भित्रका ३ विद्यालय जसमा महालक्ष्मी मावि लक्ष्मीबजार, तारा मावि छेवेटार ,महेन्द्र मावि कुन्दुरमा कार्यक्रम सम्पन्न गरिसकेका   नगरपालिकाकी न्यायिक समिति सदस्य साबित्रा थापा मगरले  बताइन् । यसै कायैक्रममालाइ प्रथामिकता दिदै आज शक्ति मावि पाटेचौर र सरस्वती मावि आहालेमा कार्यक्रम सुरु गरिएको जानकारी दिइन् । 

    images
    images
    images

     समितिले गत वर्ष पालिका भित्रका १४ वटै वडामा कानुनी साक्षरता कार्यक्रम गरेको र  उनीहरुले यो वर्ष  ५ सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लागु औषध र कानुनी साक्षरताका विषयमा अभिमुखीकरण गारउने कार्यक्रम सञ्चालन गरेको बताए । यस नगरपालिकाको न्यायीक समितिले अब आउने हरेक बर्ष विधार्थीहरुलाई लक्षित गर्दै यो भन्दा अलि धेरै कायैक्रम लाउने बताए ।   

     यस कार्यक्रममा  कानुन सम्बन्धी जिल्ला सरकारी वकिल कार्यालयका सुरेन्द्रराज काफ्लेले स्थानीय तहमा न्यायिक समितिको क्षेत्राधिकार र महत्वको विषयमा सहजीकरण गराए भने ,  अर्काे कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई लागु औषधका विषयमा जिल्लाकै प्रहरी सुरक्षकर्मीहरुले अभिमुखीकरण गराएका  हुन् । 

     आइतबार देखि सुरुवात गरिएको कार्यक्रमा गोरखा नगरपालिका न्यायिक समिति संयोजक मसली माया थोकरको अध्यक्षता उदघाटन गरिएको हो । यस कार्यक्रममा न्यायिक समिति सदस्यहरु, सुरक्षाकर्मी, कानुनविद लगायत धेरै मात्रमा विधार्थीहरुको   उपस्थिति थियो । 

    प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - १३:३८:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको