२५ असार काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलकोपार्टी कार्यालयमा बस्ने पार्टीका एक नेताले जनाए ।