२५ असार काठमाडौँ । मोरङको विराटनगरमा दुई समूह बिच भएको झडपमा परि एकको मृत्यु र दुई जना गम्भरी घाइते भएका छन् । दुई समूह बिच गएराति झडप हुँदा छुरा प्रहारबाट एक युवकको मृत्यु र दुई युवक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।
घटनामा मृत्यु हुने मोरङको कटहरी गाउँपालिका वडा न १ जमटोकीका २१ वर्षीय करण कामत र यसै घटनामा घाईते हुने कटहरी वडा न १ का २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते डीएसपी बस्नेतले जानकारी दिए । घटना भएको ठाउँमा प्हरी पुग्दा मृत्यु र घाइतेको शरीरमा धारिलो हतियार प्रयोग गरिएको चोट देखिएको प्रहहरी बताए । प्रहरीले घटनामा संलग्न भएका तीन जनालाई पक्राउ गरेको छ।
राति एक्कासी सडकमा भेट भएपछि दुई समूहबीच विवाद भएको र सोही क्रममा छुरा प्रहारबाट एक युवकको मृत्यु र दुई घाइते भएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी डीएसपी बस्नेतले जनाए ।पक्राउ पर्नेको नाम भने बस्नेतले खुलाएनन्।सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका(२ स्थित सडकमा घटना भएको हो।
घाइते दुबै युवकलाई विराटनगरमै विराट टिचिङ अस्पतालमा सामान्य उपचार पछि प्रहरीले थप उपचारको लागि विराटनगरकै नोबेल अस्पतालमा लगेको छ। घाइतेमध्ये अमन रायको अवस्था चिन्ताजनक छ।मृतक कामतको छाती र कोखामा चक्कु प्रहार गरको गहिरो चोट छ। गम्भीर अवस्थाका अमनको कोखा र ढाडमा धारिलो हतियार प्रहार गरेको जस्तो चोट रहेको बस्नेतले जानकारी दिए।