२५ असार काठमाडौँ । नवौं संस्करणको एसीसी महिला एसिया कप क्रिकेटमा आज नेपाल र पहिलो अभ्यास खेल खेल्दै छन्। नेपाली टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका डेभलवमेन्ट एघार सँग खेल्न लागेको हो। बिहान सवा १० बजेदेखि सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङ गरेको छ ।
नवौं संस्करणको एसिया कप आगामी जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुदै छ। यस प्रतियोगितामा आठ टोलीको सहभागीता छ। सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।नेपाल समूह ए मा नेपाल, भारत, पाकिस्तान र युएई भने प्रतियोगिताको समूह बी मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्।
हरेक समूहका शीर्ष दुई राष्ट्रले सेमिफाइनलमा स्थान बनाउँनेछन्। सेमिफाइनलका दुवै खेल २६ जुलाईमा हुने छ।