२५ असार काठमाडैँ । पृथ्वी राजमार्गको नौबिसे मलेखु खण्ड भोलिदेखि १५ दिनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने सूचना आएको छ ।
नागढुंगा(मुग्लिन सडक योजना (पूर्वीखण्ड) ले मंगलबार एक सूचना जारी गरी नौबिसे(मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलमा गर्डर राख्नुपर्ने भएकाले असार २६ देखि साउन ९ गतेसम्म राति १० देखि बिहान ३ बजेसम्म सवारी साधन आवतजावत रोकिने जनाएको छ ।एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने चल्न पाउनेछ ।
