२५ असार काठमाडौँ । नेपालमा मनसुन भित्रिसंगै बाढी, पहिरो लगायतका विपद्मा परी ८० जनाको मृत्यु भएको छ । मंगलबारसम्म प्राकृतिक विपद्मा परी ५ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
विपद्का कारण आजसम्म ९७ जना घाइते भएका छन् भने २ हजार ७६४ घरपरिवार विस्थापित भएका छन् ।बाढीको कारण हालसम्म १६१ घर डुबानमा परेका छन् ।
१३८ वटा घर, ५४ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ ।