Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यौन व्यवसायमा लगाएको आरोपमा  सिन्धुलीका दुई जना पक्राउ 

यौन व्यवसायमा लगाएको आरोपमा  सिन्धुलीका दुई जना पक्राउ 

जोईन खबर

२६, आषाढ २०८१
  • 673
    SHARES
  • यौन व्यवसायमा लगाएको आरोपमा  सिन्धुलीका दुई जना पक्राउ 

    २६ असार काठमाडौँ । गेष्ट हाउसमा राम्रो तलब  हुन्छ भनी यौन व्यवसायमा लगाएको आरोपमा सिन्धुलीका दुई युवालाई प्रहरीले  पक्राउ  गरेको छ । यस घटनामा पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका वडा न-१ घर भएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका प्रहरीले पुष्टि गरेका छन् ।

    images

    उनीहरुलाई मानव बेचिबखिन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ मनोहरा(जडीबुटीमा गेष्ट हाउस सञ्चालन गर्दै आएका छन् ।

    images
    images
    images

    बालिकाहरुलाई राम्रो आम्दानी हुने प्रलोभन देखाएर गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको अनुसन्धानबाट खुलेको दाबी प्रहरीको छ ।प्रहरीले उक्त गेस्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्धार गरेको छ ।पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - १३:१०:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको