२६ असार काठमाडौँ । अफलाइन पठावामा सावार गर्ने सिरानचोककी गुरुङको दुर्घटना परि मृत्यु भएको छ । असार १५ गते काठमाडौं महानगरपालिका–१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि दुर्घटना हुँदा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–२ थालाजुङ घर भएकी अनु गुरुङको मृत्यु भएको प्रहरीले जनाएको हो ।
उक्त दुर्घटना गरि भागेका राइडरहरूलाई प्रहरील आइतबार नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा जुम्ला घर भई काठमाडौंको तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारी छन् ।उनीहरुले असार १५ गते राति ९:३० बजेतिर ललितपुर महानगरपालिका–२३ हात्तीवन जान लागेकी गुरुङ चढेको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी बताए ।
उनीसँगै उनका २ जना साथीहरू पनि गोङ्गबुबाट हात्तीवन जान लागेका थिए । उनीहरूलाई तेज रावलसहित ३ जनाले अफलाइन राइडमार्फत गन्तव्यमा लग्दै थिए ।जमल पुग्दा तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको पल्सरबाट अनु खसेकी थिइन् ।एसपी अधिकारीका अनुसार मोटरसाइकलबाट खसेपछि पदमले चलाएको बा ३६ प ३२४ नम्बरको सीबीजेड मोटरसाइकलले अनुलाई ठक्कर दिएको थियो ।ठक्करबाट अनुको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो ।
उपचारको क्रममा असार १८ गते अनुको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटना भएपछि अफलाइन राइडरहरू घटनास्थलबाट भागेका थिए प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त टोलीले ३ जना राइडरहरूलाई नियन्त्रणमा लिएको एसपी अधिकारीले जानकारी दिए ।प्रहरीले तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।