Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वैदेशिक रोजगारमा गएकी लमजुङकी गुरुङ साइप्रसमा मृत्तक अवस्थामा फेला 

वैदेशिक रोजगारमा गएकी लमजुङकी गुरुङ साइप्रसमा मृत्तक अवस्थामा फेला 

जोईन खबर

३०, आषाढ २०८१
  • 799
    SHARES
  • वैदेशिक रोजगारमा गएकी लमजुङकी गुरुङ साइप्रसमा मृत्तक अवस्थामा फेला 

     

    images


    ३० असार काठमाडौँ । नेपालको लमजुङबाट  वैदेशिक रोजगारको लागि घरेलु कामदारका रूपमा साइप्रस पुगेगी अनिता गुरुङ केही दिन अगाडी मृत्त अवस्थामा फेला परेकी छन् ।गुरुङ यही गएको  असार २५ गते बिहान साइप्रसको लिमासोल शहरको आफु बस्ने घरको कोठामा मृत फेला  पारिएको हो । 

    images
    images
    images

    उनले विष पिएर आत्महत्या गरेको आशंका गरिए पनि पुष्टि हुन पोस्टमार्टमको रिपोर्ट कुरिरहेको नेपाली अवैतनिक वाणिज्य दूतावास निकोसिया कार्यलयले जानकारी दिएको छ। पोस्टमार्टम सकिएपछि पक्रिया पूरा गरी शव नेपाल पठाइनेछ।गुरुङको मृत्यु हुनुको खास कारणचाहिँ  एकजना पुरुष साथीसँग टिकटकमा भावुक कुरा लेखेर दुइटा भिडिओ पोस्ट गरेका रहेछन्।

    गुरुङले  भिडिओमा भनेकी  छिन् ,तिमीबाहेक अरू कोही थिएन मेरो, सायद तिमीले यही कुराको फाइदा उठायौ,’ ‘यो जुनीमा त यस्तै भयो हाम्रो माया अर्को जुनीमा चाहि म हजुरकी भएर जन्म लिन आउने छु मेरो ठागु, धेरै माया धेरै सम्झना जस्ता लेख लेखेर पोष्ट गरेको पाईएको  छ । यसै कारणले यो घटना भएको  हो । सामाजिक सञ्जालमा ठागु नाम राखेका ती पुरुषले नै अनितालाई काममा लगाइदिएका रहेछन्। त्यसैले रोजगारदाताले पनि ठागुलाई राम्ररी चिन्दो रहेछ।

    प्रकाशित मिति :आषाढ ३०, २०८१ आइतवार - ११:४३:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको