Logo

शुक्रवार, श्रावण १५ गते २०८३

सरकारले हाम्रो माग सुनेन भन्छन्:मिटरब्याज पीडित

सरकारले हाम्रो माग सुनेन भन्छन्:मिटरब्याज पीडित

जोईन खबर

३०, चैत्र २०७९
  • 679
    SHARES
  • सरकारले हाम्रो माग सुनेन भन्छन्:मिटरब्याज पीडित

    ३० चैत काठमाडौं । सरकारले हाम्रो माग सुनेन भन्छन्  मिटरब्याज पीडित २० चैतदेखि काठमाडौंमा आन्दोलन मिटरब्याज तथा किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ ।

    images

    गृह मन्त्रालयमा भएको अन्तिम निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो । सहमति नजुटेपछि अब मिटरब्याज तथा किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

    मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो । राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले ५ दिन वार्ता बस्यौँ । उहाँहरु ६ बुँदे मागप्रति सकारात्मक हुनुभएन । आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौं’ उनले भने ।

    यसअघि बिहीबार संघर्ष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग वार्ता गरेका थिए । त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आन्दोलन स्थगित गर्न आग्रह गरेको र आफूहरुले नमानेको बताए ।

    ‘गृहमन्त्रीले आन्दोलन स्थगित गर्ने विषयमा सम्झौता गरौं भन्नुभयो, हामीले भनेको मिटरब्याजका लिखत बदर गर्ने कुरा मन्त्रिपरिषदबाट निर्णय गराउन सक्दिन भन्नुभयो, ‘गृह मन्त्रालय हाम्रो मागमा सकारात्मक देखिएन । गृहमन्त्री नै हाम्रो मागमा सकारात्मक नभएपछि हामी थप आन्दोलन चर्काउछौं’ प्रवक्ता नविनले भने ।

     

    प्रकाशित मिति :चैत्र ३०, २०७९ बिहिवार - १६:३१:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको