Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मिसन– २०२६ राखेपको मुख्य कार्यक्रम हो– सदस्य–सचिव घिसिङ

मिसन– २०२६ राखेपको मुख्य कार्यक्रम हो– सदस्य–सचिव घिसिङ

जोईन खबर

३०, आषाढ २०८१
  • 739
    SHARES
  • मिसन– २०२६ राखेपको मुख्य कार्यक्रम हो– सदस्य–सचिव घिसिङ

    ३० असार काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण राखेपको मुख्य कार्यक्रम भएको आइतबार बताएका छन् ।
    राखेपले जापानमा हुने २० औं एसियाली खेलकुदलाई लक्षित गरी सञ्चालन गरेको मिसन– २०२६ अन्तर्गत आ।व। २०८०÷०८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न भएको जानकारी गराउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

    images

    मिसन– २०२६ परिषद्को विभिन्न कार्यक्रम मध्येको मुख्य कार्यक्रम हो । अर्को आ।व। मा पनि यसलाई निरन्तरता दिइने छ । चाँडै प्रशिक्षण सुरु गर्छौं । त्यसै यसलाई म समापन भन्दिन । यो समिक्षा कार्यक्रम हो ।’ सदस्य–सचिव घिसिङले भने– ‘मैले सदस्य–सचिवको पदभार ग्रहण गरेकै दिन दुई वटा फाइल सदर गरेको थियो । पहिलो खेलकुद विमालेख कार्यन्वयनमा ल्याउने फाइल थियो । दोश्रो राष्ट्रिय टिमको तयारी नियमित र दीर्घायु रुपमा अगाडि बढाउनु पर्छ भन्ने थियो । यी दुवै योजना पूरा भएको छ ।’सदस्य–सचिव घिसिङले राष्ट्रिय टिम तयारीका लागि प्रस्ताव गरेको भन्दा बजेट कम आएपनि चालू आ।व। को भन्दा बढी बजेट आएको जानकारी गराए ।

    images
    images
    images

    ‘प्रशिक्षणका लागि बजेट कम भएपनि चालू आ।व। को तुलनामा यो पटक बढी बजेट विनियोजन भएको छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा फिजिकल फिट्नेस सेन्टर बनाउन यसै हप्तामा टेन्डर आह्वान हुँदैछ । यसका लागि ७ करोड बजेट विनियोजन भएको छ । यो मिसन– २०२६ कै लागि हो ।

    त्यसैगरी वैज्ञानिक प्रशिक्षणलाई ध्यानमा राखी स्पोर्ट्स साइन्स ल्याबका लागि सामाग्री खरिद गर्न ४ करोड बजेट विनियोजन भएको छ । यो पनि मिसन– २०२६ कै लागि हो । अन्य शीर्षकबाट राष्ट्रिय टिम तयारीका लागि बजेट व्यवस्थापन गर्न सकिन्छ ।’राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबै खेलाडी, प्रशिक्षक र संघका पदाधिकारीले २० औं एसियाली खेलकुदमा पदक नै अन्तिम लक्ष्य हो भनी अगाडि बढ्नु पर्ने  बताए ।राखेपले २०८० साल माघ १५ देखि मिसन– २०२६ अन्तर्गत पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङलाई समावेश गरी राष्ट्रिय टिमको विशेष प्रशिक्षण सुरु गरेको थियो । दोश्रो चरणमा २०८१ साल जेठ ६ गतेदेखि महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स थप्दै खेल संख्या १० पु¥याइएको थियो ।

    जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन– २०२६ को सुरुआत गरिएको हो । नेपाली खेलकुदको इतिहासमा कुनैपनि एसियाली खेलकुद सम्पन्न भएको लगत्तै आगामी संस्करणका लागि यति लामो समयको तयारी सुरु गरिएको पहिलो पटक हो ।

    कार्यक्रममा राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, राखेपका सदस्य पेमा डोल्मा लामा, प्रकाशकुमार कुसारी, विना श्रेष्ठ, अञ्जना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, विशेष प्रशिक्षणमा रहेका खेलका राष्ट्रिय संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :आषाढ ३०, २०८१ आइतवार - २२:१८:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको