Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग भदौमा

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग भदौमा

जोईन खबर

३०, आषाढ २०८१
  • 745
    SHARES
  • बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग भदौमा

    ३० असार काठमाडौं । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आगामी भदौमा हुने भएको छ । खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेशभित्रका १३ जिल्लाबीच लिग सञ्चालन गर्न लागिएको काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आयोजनाका लागि काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघबीच सम्झौता भएको छ ।

    images

    सम्झौतापत्रमा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले हस्ताक्षर गरेका थिए ।जिल्ला समन्वय समितिको संयोजन, काठमाडौं जिल्लाका ११ वटै पालिकाको आयोजना र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुने लिगबाट खेलाडीको वरीयता निर्धारण पनि गरिने भएको छ ।

    images
    images
    images

    बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग हरेक तीन÷तीन महिनामा सञ्चालन हुनेछ । पहिलो लिग भदौ, दोस्रो मंसिर, तेस्रो फागुन र चौथो लिग जेठमा आयोजना हुनेछ’, प्रमुख बुढाथोकीले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘लिग सञ्चालनका लागि काठमाडौं जिल्लाका ११ वटै पालिकाको पनि प्रत्यक्ष सहभागिता र सहयोग रहनेछ ।लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तल समूहमा प्रतिस्पर्धा हुनेछ ।

    लिगमा पहिलो हुनेले १० अंक, दोस्रोले सात अंक र तेस्रो हुनेले तीन अंक पाउने छन् । हरेक लिगका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई अर्को लिगमा खान, बस्न र यातायातलगायतका खर्च आयोजकले बेहोर्ने बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले जानकारी दिए । लिगभरिको प्रदर्शनका आधारमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ । हरेक पटकको लिग सञ्चालनका लागि पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रमुख बुढाथोकीले बताए । कार्यक्रममा बागमती प्रदेशका सांसद किरण थापा र जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ति पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :आषाढ ३०, २०८१ आइतवार - २२:५४:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको