३१ असार काठमाडौँ । २०२४को युरो कप फुटबलको उपाधि स्पेनले जितेको छ । आइतबार मध्यराति भएको फाइनल खेलमा स्पेनले इंग्ल्यान्डलाई २–१ को गोल अन्तरले जित निकाल्दै चौथोपटक युरो कपको उपाधि चुमेको हो । लगातार दुईपटक युरो कपको फाइनल पुगेको इंग्लिसलाई यसपालि स्पेनले जित्न नदिए हो । आज भएको फाइनल खेलमा स्पेनले निर्धारित ९० मिनेटभित्रै नतिजा आफ्नो पक्षमा निकाल्न सफल भयो ।
जितको लागि पहिलो हाफ गोलरहित ०–० मा सकिएको खेलमा स्पेनले दोस्रो हाफको सुरुआतमै गोल गरेर खेलमा अग्रता लियो । ४७औं मिनेटमा निको विलियम्सले लो सटमा शानदार सट प्रहार गर्दै स्पेनले उपाधि जितको लागि पक्का गरेको थियो । विलियम्सको गोलमा युवा खेलाडी लामिन यामलले असिस्ट प्रदान गरेका थिए । त्यसपछि इंग्ल्यान्ड ७३औं मिनेटमा खेलमा फर्कियो । जुड बेलिङ्घमको पासमा सब्सिच्यूट खेलाडी कोले पाल्मरले गोल गरेर खेल बराबरी बनाएका थिए । सो गोल खाएपछि स्पेनले थप आक्रामक खेल बढाएको थियो ।
खेल ९० मिनेटपछि ३० मिनेटको थप समयमा जाने संकेत देखिँदै गर्दा ८६औं मिनेटमा सब्सिच्यूट खेलाडी मिकेल ओयारबजबालले गोल गरेर टिमको जित पक्का गरे । उनको गोलमा मार्क कुकुरेल्लाले असिस्ट प्रदान गरेका थिए । दोस्रो गोल खाएपछि इंग्ल्यान्ड खेलमा फर्किन सकेन र २–१ ले पछि पार्दै चौथोपटक युरो कपको उपाधि जितेको हो ।