३१ असार काठमाडोँ । नवनियुक्त प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन्।प्रधानमन्त्रीमा नियुक्ती भए संगै राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम रहेको हो ।
प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतवार साँझ ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्।
नेपाली कांग्रेससँग सहमति गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्त्वको सरकारबाट बाहिरिँदै ओली नयाँ प्रधानमन्त्री बनेका हुन्।प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले आजै मन्त्रिपरिषद् गठन पनि गर्ने तयारी गरेका छन्।