Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा मृगौला पीडित पूर्व जनमुक्ति सेना पन्धाकलाई आर्थिक सहयोग

नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा मृगौला पीडित पूर्व जनमुक्ति सेना पन्धाकलाई आर्थिक सहयोग

जोईन खबर

३१, आषाढ २०८१
  • 892
    SHARES
  • नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा मृगौला पीडित पूर्व जनमुक्ति सेना पन्धाकलाई आर्थिक सहयोग

    ३१ असार टोकियो । नेपाली जनप्रगतिशील मञ्च जापानले मृगौला पीडित पूर्व जनमुक्ति सेना सागर पन्धाकलाई उपचारका लागि आर्थिक सहयोग पठाएको छ ।ताप्लेजुङ घर भइ हाल झापामा अबस्दै आएका पूर्व जनमुक्ति सेना सागरको दूबै मृगौलामा समस्या आएपछि केही बर्षदेखि झापास्थित अस्पतालमा उपचाररत छन् ।

    images

    मञ्च स्रोतका अनुसार उनको उपचारमा ठूलो धनराशी खर्च लाग्ने देखिएपछि उनकी श्रीमतीबाट सहयोगका लागि अनुरोध आएसंगै नेपाली प्रगतिशील मञ्च जापानले आर्थिक सहयोग संकलन गर्ने अभियान चलाएको थियो । जसअनुसार संकलित रकम १ लाख २९ हजार ५ सय रुपैंया मृगौला पीडित बिरामी सागरलाई पठाईएको हो । उक्त रकम नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेलले जेएमइमार्फत रेमिट्यान्स गरी नेपाल पठाएका हुन् । मानवीय सेवाका लागि भन्दै जेएमइले रेमिट्यान्स सेवा शुल्क मिनाहा गरेको बताईएको छ ।

    images
    images
    images

    pi1.jpgनेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेलले  रेमिट्यान्स गरी नेपाल पठाएको रकमको भौचर लिदै

    जापानबाट पठाईएको रकम हस्तान्तरण गर्ने क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले ५ हजार र पार्टीको बिर्तामोड नगर कमिटीबाट २० हजार रुपैंया थप गरी जम्मा १ लाख ५४ हजार ५ सय रुपैयाँ शनिवार बिरामीको परिवारलाई बुझाइएको छ ।

    pi2.jpg

                     जेएमइमार्फत रेमिट्यान्स गरी नेपाल पठाइएको रकमको भौचर 

    बिरामीको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्ने क्रममा आङ्बोका साथै पार्टीका अर्का केन्द्रीय सदस्य राम राना लगायतको पनि उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :आषाढ ३१, २०८१ सोमवार - ११:४०:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको