Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपप्रधानमन्त्री  पदमा सिंह र पौडेलले गोपनीयताको शपथ ग्रहण गरे

उपप्रधानमन्त्री  पदमा सिंह र पौडेलले गोपनीयताको शपथ ग्रहण गरे

जोईन खबर

३१, आषाढ २०८१
  • 682
    SHARES
  • उपप्रधानमन्त्री  पदमा सिंह र पौडेलले गोपनीयताको शपथ ग्रहण गरे


    ३१ असार काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री नेपाली कांगे्रसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।नेपालको संविधानको धारा ८० बमोजिम उपप्रधानमन्त्रीद्वय सिंह र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

    images

    उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्रीको शपथ गराए। यो भन्दा अगाडी रहेको सत्ता गठबन्ध माओवादीसंगको गठबन्धान भत्काउदै यही असार १८ गते ‌ओलीले प्रचण्डलाई राजीनामा दिन आग्रह गरे पनि राजीनामा नदिएपछि एमालेले १९ गते मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

    images
    images
    images

    त्यसपछि प्रचण्डले विश्वासको मत लिनका लागि असार २८ गते प्रतिनिधि सभामा समय मागेका थिए। तर, विश्वासको मत लिँदा बहुमत नपुगेपछि उनी कामचलाउ प्रधानमन्त्रीको रूपमा कायम भएका थिए। प्रधानमन्त्रीमा बहुमतले पारि गर्ने भन्दै हिजो साझा ५ बजे सम्मको समय राष्ट्रपति कार्यालयमा पेस भए अनुसार आज केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गरिएको हो । 

    प्रकाशित मिति :आषाढ ३१, २०८१ सोमवार - १२:४०:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको