३१ असार काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा आयोजित बिशेश समारोहकाबिच आज प्रधानमन्त्रीलाई शपथ गराए पछि प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराए ।
१)प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२)विष्णु पौडेल – उपप्रधान तथा अर्थ
३) पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४) रमेश लेखक – गृह
५) शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
६) आरजु राणा – परराष्ट्र
७) प्रदीप यादव – खानेपानी
८) बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९) दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०) नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११) देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२) तेजुलाल चौधरी – युवा तथा खेलकुद
१३)अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४) विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१५) मानवीर राई – रक्षा
१६) दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१७) राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८) ऐनबहादुर शाही – वन तथा वातावरण
१९) प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
२०0बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२१) रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास
यसैबीच प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले रिट दर्ताको क्रममा रहेको बताए।
ओलीको नियुक्ति संविधान विपरीत भएको भन्दै बदरको माग गरिएको छ।