३१ असार काठमाडौँ । नवनियुक्ति प्रधानमन्त्री एमालेका केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयका सचिवहरुले स्वागत गरेका छन् ।
पदभार ग्रहणका लागि सिंहदरबार पुगेका ओलीलाई सचिवहरुले स्वागत गरेका हुन् ।सोमबार११ बजे राष्ट्रपति कार्यालय सतिल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पार्क पुगेका थिए ।
त्यसपछि उनी ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आएका थिए ।