Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज रातीबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेयो

आज रातीबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेयो

जोईन खबर

३१, आषाढ २०८१
  • 970
    SHARES
  • आज रातीबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेयो

    ३१ असार काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

    images

    निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ ।

    images
    images
    images

    डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ ।

    www.webp

     

    प्रकाशित मिति :आषाढ ३१, २०८१ सोमवार - २२:२८:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको