१ साउन काठमाडौँ । घरायसी झगडमा समान्या विवादका कारण बालुवाका एक युवाले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ७ बालुवा घर भएका ३१ वर्षीय कुमार (नेपाली)सार्कीलाई स्थानियहरुले दिएको सूचनाको आधारमा शनिवार प्रहरीले पक्राउ गरेको हो । कुमारले यही असार २६ गते बेलुकाको समयमा २६ बर्षीया सुनिता नेपालीलाई आफ्नै घरभित्र सलको पाँसो लगाई झुण्डिएको भनी प्रहरीलाई खबर प्राप्त भएको गोरखा प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार हत्या गर्ने श्रीमान कुमारले झुण्डिएको अवस्थामा देखेको र पाँसो काटी हेर्दा उनको मृत्यु भईसकेको प्रहरीको सोधबुझमा बताएका थिए । प्रहरी घटनास्थलमा पुगी कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टम र घटनाबारे सुक्ष्म अनुसन्धान गर्दा कुमारले कुटपिट पछि श्रीमती सुनिताको हत्या गरेको र घटना लुकाउन सलको पाँसो लगाएर झुण्ड्याएको अनुसन्धानमा देखिएको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका कुमारबिरुद्ध आईतबार ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।