Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपाका सभापति लामिछाने सिमलतालमा बस दुर्घटना भएको ५ दिन पछि दुर्घटनास्थल पुगे

रास्वपाका सभापति लामिछाने सिमलतालमा बस दुर्घटना भएको ५ दिन पछि दुर्घटनास्थल पुगे

जोईन खबर

१, श्रावण २०८१
  • 760
    SHARES
  • रास्वपाका सभापति लामिछाने सिमलतालमा बस दुर्घटना भएको ५ दिन पछि दुर्घटनास्थल पुगे

    १ साउन काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान गृहमन्त्री  रवि लामिछाने पहिरोले दुईवटा बस सिमलतालमा दुर्घटना भएको ५ दिनपछि  दुर्घटनास्थल पुगेका छन् ।उनी सरकारबाट बिदा भएपछि भरतपुर महानगरपालिका २९ सिमलतालस्थित दुर्घटनास्थल पुगेर अवलोकन गरेका हुन् ।उनी गृहमन्त्रीमा बहाल रहेकै बेला गत शुक्रबार बिहान ३ बजे पहिरोले दुईवटा बस बगाउँदा कम्तीमा पनि ६० जना यात्रु बेपत्ता भएका थिए ।

    images

    गृहमन्त्रीबाट हटेलगत्तै उनी सिमलताल पुगेर बेपत्ताका आफन्तलाई पनि भेटेका हुन् ।दुईवटा बस बगाएको घटनास्थल सिमलताल रविकै निर्वाचन क्षेत्रमा पर्छ । बस दुर्घटना काठमाडौंबाट रौतहटको गौर जादै गरेको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको पहिरोमा सोहोरिएर त्रिशूलीमा खसेको थियो ।

    images
    images
    images

    जुन काउन्टरबाट टिकट काटेर चढेका ४ जना महिला र २३ जना पुरुष थिए ।पहिरोले सोहोरेर वीरगञ्जबाट काठमाडौं गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्सको बस पनि त्रिशूलीमा खसेको थियो । जसमा ५ महिलासहित ३८ जना यात्रुले काउन्टरबाट टिकट काटेर चढेका थिए ।  पहिरोले सोहोरेर त्रिशूलीमा झारेपछि गणपति डिलक्समा सवार ३ यात्रु भने बाँच्न सफल भएका छन् । बेपत्ता रहेका यात्रुको शव घटनास्थलबाट ४० देखि ५० किलोमिटर फेला परे पनि कति पया शव भने भेटीएको छैन् ।

    प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - १६:५९:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको