१ साउन काठमाडौँ । एसिया कपको अन्तिम अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीले रोमाञ्चक जित हात पारेको छ । श्रीलंका डेभलपमेन्ट स्क्वार्ड र नेपाल बिचको खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वार्डलाई २ रनले पराजित गरेको हो ।नेपाल अहिले सम्म खेलेको अभ्यास खेलमा हार बेहोरे पनि आज भने २ रनले जित हासिल गरेको छ ।
पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । जवाफमा १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंका डेभलपमेन्ट स्क्वार्डले १ सय १० रन मात्र बनाउन सक्यो ।
अभ्यास सिरिजको पहिलो खेलमा नेपाल ३३ रन र दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो ।एसीसी महिला एसिया कपका लागि नेपाली टोली हाल श्रीलंकामा छ । समूह बीमा आयोजक श्रीलंकासहित बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।समूहको दोस्रो खेलमा साउन ६ गते पाकिस्तान र ८ गते भारतको सानमा गर्ने छ ।