Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभर भारी बर्षाको सम्भावना हुने मौसम पूर्वानुमान महाशाखा

आज देशभर भारी बर्षाको सम्भावना हुने मौसम पूर्वानुमान महाशाखा

जोईन खबर

२, श्रावण २०८१
  • 730
    SHARES
  • आज देशभर भारी बर्षाको सम्भावना हुने मौसम पूर्वानुमान महाशाखा

    २ साउन काठमाडौँ । देशभर हाल आंशिकदेखि साधारणतया बदली रही केही प्रदेशमा वर्षा भइरहेको छ । आज बिहान बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिमका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।कोशी, बागमती, गण्डकी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    images
    images
    images

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।भारी वर्षाको सम्भावना रहेको स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षति रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

     

    प्रकाशित मिति :श्रावण २, २०८१ बुधवार - ०७:३६:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको