२ साउन काठमाडौँ । अब मंगलबार देखि लागु हुने गरि सवारी लाइसेन्स तथा आयकर,कम्पनी दर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने गृह मन्त्रालयले जनाएको छ । असार १० गते प्रकाशित राजपत्रमा सरकारी कागजातका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उल्लेख गरिएको थियो ।
आजदेखि विभिन्न २८ जिल्लामा लागु हुने गरी सरकारले सरकारी कागजातका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएको हो ।नेपाल सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा राजपत्रमा विभिन्न निर्णय गरेको थियो । नेपाली नागरिकले देहायको सेवा प्रदान गर्न देहायको स्थान देहायको मितिदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरी सोको आधारमा सेवा प्रदान गर्ने भएको छ ।
राजस्व, सवारी चालक अनुमतिपत्र र कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो ।यसैगरी, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, निवृत्तिभरण, बैंकिङ तथा वित्तिय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष, घर जग्गा किनबेच सम्बन्धी कार्यका लागि २०८१को माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ ।
गृह मन्त्रालयले गरेको निर्णय यस्तो छ ।
