२ साउन काठमाडौँ । महानगरपालिकाले काठमाडौँ मुख्या शहर न्यूरोडमा सुरु गरेको फुटपाथ (सडक पेटी) विस्तारको काम फेरी निरन्तरता दिने उच्च अदालतले आदेश दिएको छ ।
काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौंले हस्तक्षेपका गरे पछि रोकिएको थियो । यसरी रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आज महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि काम फेरि सुरु हुने भएको हो ।
महानगरपालिकाले गत ११ जेठदेखि काम थाले पनि १२ जेठमा डिभिजन सडक कार्यालय, काठमाडौंले हस्तक्षेप गरेर काम हन दिन रोक लगाए पछि काम रोकिएको थियो । डिभिजन सडक कार्यालयले काम रोक्नका लागि १३ र १६ जेठमा गरी दुईवटा पत्र पठाएको थियो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर २७ जेठमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
रिट निवेदनमा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको वडा नं २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आर्थिक वर्ष २०८० र ८१ को बजेटबाट फुटपाथ ९सडक पेटी० विस्तार गर्ने योजनाअनुरूपको कार्य सञ्चालन गर्नका लागि अन्तरिम आदेश माग गरेको थियो । त्यसै मागका कारण उच्च अदालतले गरेको फैसला अनुसार नै आज बाट फेरी काम सञ्चालन गर्ने लागेको हो ।