Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ओमनमा तेलको ट्याङ्कर पल्टियो, १६ जना बेपत्त

ओमनमा तेलको ट्याङ्कर पल्टियो, १६ जना बेपत्त

जोईन खबर

२, श्रावण २०८१
  • 754
    SHARES
  • ओमनमा तेलको ट्याङ्कर पल्टियो, १६ जना बेपत्त

    २ साउन काठमाडौँ । ओमानको समुद्रमा एउटा तेलको ट्याङ्कर पल्टिदा १६ जना बेपत्त भएका छन् । घटनामा बेपत्ता भएका १६ जनामा १३ भारतीय र ३ श्रीलङ्काली नागरिक बेपत्त भएको ओमानको सामुद्रिक सुरक्षा केन्द्रले माइक्रो ब्लगिङ वेबसाइट ‘एक्स’ मा जहाज पल्टिएको जानकारी दिए ।

    images

    जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो । जहाजमा रहेका १६ सदस्यीय चालक दल बेपत्ता रहेको बताइएको छ ।

    images
    images
    images

    प्रेस्टिज फाल्कन नाम गरेको सो ट्याङ्कर दुबईको हमरिया बन्दरगाहबाट रवाना भएको थियो । ट्याङ्कर यमनको अदन बन्दरगाह गइरहेको थियो । 

    डुक्मको बन्दरगाह सहर नजिक रास मद्रकाहबाट करिब ४६ किमी टाढा दक्षिण पूर्वमा तेलको ट्याङ्कर पल्टिएको हो । दुई दिनदेखि क्रु मेम्बरको खोजी र उद्धार अभियान जारी भए पनि   तेल लिक भएको छ कि छैन भन्ने जानकारी नआएको बताइएको छ । एजेन्सी

    प्रकाशित मिति :श्रावण २, २०८१ बुधवार - १२:२३:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको