२ साउन काठमाडौँ । चितवन पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न भन्दै आएका कम्पनीको गाडीमा आगजनी भई जलेर नष्ट भएको छ । चितवन भरतपुर महागनरपालिका वडा न ७ का स्थानिय बासिन्दाहरुको समूहले बागमती प्रदेश ०१, ०३० च ७१९० नम्बरकोकारमा आगो लगाएका हुन् ।
रेलमार्ग सर्भे गर्ने आउने टालीहरु भन छन्, आमी सरकारबाट अनुमति लिएर आएको बताए । चितवनका स्थानियहरुले आरएच कन्सल्टेन्सीको सवारी साधान र माप्न गर्ने उपकरणमा कब्जा गरि आगो लगाएका हुन् । उनीहरुले कार र उपकरणमा आगो लगाएको खबर थाहा पाए पछि घटनास्थलमा प्रहरी पुगी अनुसन्धान गरिरहेका छन् । कन्सल्टेन्सीका प्रतिनिधिहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संर्घष समितिका सचिव दिब्य नेपालले जानकारी दिए ।
उक्त टोलीले आज वडा नं ७ मा सर्भे गर्ने क्रममा २र३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका थिए ।पूर्व पश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए । बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् ।
चितवनमा स्थानियले जलाएका गाडी
यसअघि, भरतपुर महानगरपालिकाको पहलमा महानगरपालिकामा नै संर्घष समिति र रेल विभाग तथा अन्य सरोकारवाला सरकारी निकायहरुका बीचमा छलफलसमेत गरिएको थियो । यसै छलफललाई नमानिकान उनीहरुले सर्भे गरेको भन्दै रोक्न खोजे पछि स्थानियहरु उग्र भएर आगे लगाए हुन् ।घटनाको थप क्षतीबारे प्रहरीले अनुसन्धान गरि रहेको छ ।