३ साउन काठमाडौँ । गोरखाको भीमसेन थापा गाउँपालिकाले नगर प्रहरीमा भर्ना गरेका जवानहरुलाई आधारभूत तालिम दिएको छ । गाउँपालिकाले यही असार १७ गतेबाट सुरु गरेको तालिम साउन ३१ गते सम्पन्न गरेको गाउँपालिकाले जनायो ।
यस पालिकाले भर्ना गरेका ८ जना नगर प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा भर्ना गरि छनौट गरिएको थियो । यस गाउँपालिकाले गाउँपालिका भित्र रहेका सबै वडाहरुमा नगर प्रहरीले घाटहरुमा भइरहेको अवैध उत्खनन् र गाउँ टोलमा भएको चोरी निकासी रोकथाम गर्ने, बजार अनुगमन गर्ने र न्यायिक समितिको निर्णय कार्यान्वयनमा सघाउ पु¥याउने गरि नगर प्रहरी भर्ना गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले जानकारी दिनु भयो ।
भर्ना भएका नगर प्रहरीलाई गाउँपालिकाको कार्यालय र गोरखा प्रहरी कार्यालयकै समन्वयमा उनीहरुलाई १५ दिन तालिम दिइएको हो ।नगर प्रहरीमा भर्ना भएका प्रहरीलाई तलवको व्यवस्था भने गाउँपालिकाकै आन्तरिक स्रोतबाट दिने समेत बताउनु भयो । भर्ना भएका नगर प्रहरी छनोटका लागि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय पदपूर्ती समिति गठन भएको थियो ।