३ साउन काठमाडौँ । काठमाडौंको नयाँबानेश्वरमा भक्तपुरबाट रत्नपार्क आउदै गरेको बसमा एक्कासी धुवा निस्किएको छ ।
उक्त बसमा गुडिदा गुडदै धुँवाको मुस्लो निस्किएपछि बसलाई रोकेर यात्रुहरुलाई ओरालिएको थियो । रुढ अनुसार भक्तपुरबाट काठमाडौंको रत्नपार्क आउदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस धुवा निस्किएको हो । सबमा धुवा नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा बसमा तेस्तो देखिएको हो ।
अहिले त्यसै बसलाई मेकानिक्स बोलाएर मर्मतको काम गरिएको नयाँबानेश्वर प्रहरीका डिएसपी शिवराज बुढाथोकीले बताए । अहिले सडकको अवस्था सामान्य छ । सडकमा अन्य सवारी साधनहरु सामान्य रुपमा चलन थालेका छन् ।