Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भिमसेन थापा गाउँपालिकाद्वारा कृषि सहकारीहरुलाई कृषि उपकरण हस्तान्तरण

भिमसेन थापा गाउँपालिकाद्वारा कृषि सहकारीहरुलाई कृषि उपकरण हस्तान्तरण

जोईन खबर

३, श्रावण २०८१
  • 1.1K
    SHARES
  • भिमसेन थापा गाउँपालिकाद्वारा कृषि सहकारीहरुलाई कृषि उपकरण हस्तान्तरण

    ३ साउन काठमाडौँ । गोरखाको भिमसेन थापा गाउँपालिकाले  केही दिन अघि गाउँपालिका भित्रका सबै वडाका कृषकहरुलाई  कृषि उपकरण वितरण गरेको छ । परम्परागत रुपमा गरिँदै आएको खेती प्रणालीलाई विस्थापित गरी आधुनिकिकरण र कृषिलाई व्यावसायिकतातर्फ लैजान कृषि उपकरण वितरण गरिएको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बन्जराले जानकारी दिनु भयो ।

    images

    यस  गाउँपालिकाले कृषिहरुलाई  २७ लाख १२ हजार बराबरको कृषि उपकरण  हस्तान्तरण गरेको हो । बाली लगाउने मेसिन, स्प्रे पम्प, पराल–घाँस काट्ने मेसिन, पम्प, हाते ट्याक्टर, मकै छोडाउने मेसिन लगायतका उपकरणहरु पालिका आफैले खरिद गरेर वितरण गरिएको पालिका अध्यक्ष बन्जराले बताउनु भयो ।

    images
    images
    images

    आठ वटै वडाका कृषिहरुलाई लक्षित हुने गरि प्रत्येक वडामा  रहेका सहकारीलाई उपकरणको जिम्मा लगाइएको छ । पालिकाले हस्तान्तरण गरेको उपकरणहरु कृषि सहकारीद्वारा परिचालन गर्ने बताउनु भयो । पालिकाको ‘एक वडा एक कस्टम हायरिङ सेन्टर’ कार्यक्रम अन्तरगत उपकरण वितरण गरिएको हो ।

    bim1.jpg

                                  गाउँपालिकाले  कृषि सहकारीहरुलाई हस्तान्तरण गरेको उपकरणहरु

    माझथोक साना किसान कृषि सहकारी वडा न १ ,महेनली कृषि सहकारी वडा न २ ,सृजनशिल कृषि सहकारी वडा नम्वर ३ ,प्रगतिशिल कृषि सहकारी  वडा न ४ ,  नमुना कृषि सहकारी वडा न ५,अश्राङ कृषि सहकारी वडा न ६,उद्यमशील साना किसान सहकारी वडा न ७  सृजनशिल बचत तथा ऋण सहकारी  र वडा न ८ संगै सबै वडाको सहकारीसंग सम्झौता समेत गरिएको गाउँपालिकाले जनाए । सहकारीले सुपथ मुल्यमा किसानहरुलाई उपकरण भाडामा दिने गरी सम्झौता गरेका अध्यक्ष बन्जराले जानकारी दिनु भयो ।  

    प्रकाशित मिति :श्रावण ३, २०८१ बिहिवार - १४:४३:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको