Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाढीले ज्यादुल खोला पुलको डाइभर्सन बगाउदा आरुघाट- बेनिघाट सडखण्ड अवरुद्व

बाढीले ज्यादुल खोला पुलको डाइभर्सन बगाउदा आरुघाट- बेनिघाट सडखण्ड अवरुद्व

जोईन खबर

३, श्रावण २०८१
  • 955
    SHARES
  • बाढीले ज्यादुल खोला पुलको डाइभर्सन बगाउदा आरुघाट- बेनिघाट सडखण्ड अवरुद्व

    ३ साउन काठमाडौँ । गोरखाको भिमसेन थापा गाउँपालिकामा बाढीले पुलको डाइभर्सन  बगाउदा आरुघाट — बेनिघाट सडखण्ड अवरुद्व भएको छ । गत वर्ष मात्र निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । ज्यादुल खोलामा रहेको पुलको  डाइभर्सन  अबिरल बर्षा संगैको बाढीले क्षति पुर्‍याएपछि सडक अवरुद्ध भएको छ। 

    images

    ज्यादुल खोलामा बनाइएको पुल एक पालिका बाट अर्काे जोडने जसमा भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने पुलको डाइभर्सन बगाएपछि त्यस सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनु भयो ।

    images
    images
    images

    बाढीले पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधन चल्न नसकेको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो । सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न समेत समस्या भएको स्थानियाका भनाइ छ । 

    प्रकाशित मिति :श्रावण ३, २०८१ बिहिवार - १६:१९:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको