३ साउन काठमाडौँ । नेपालका नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा र गैरआवासीय नेपाली संघका एनआरएनएबिच भेटघाट भएको छ ।
एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा भएको टोलीले केही दिन अघि मात्र परारष्ट्रमन्त्रीमा नियुक्ति कांग्रेसका संसाद डा आरजु राणालाई बधाई तथा सफल कार्यकाल शुभकामना समेत दिएका हुन् ।
विहीबार काठमाडौंमा भएको भेटमा संघका अध्यक्ष डा। बद्री केसीले परराष्ट्रमन्त्री समक्ष एनआरएन अभियानका समसामयिक महत्त्वपूर्ण विषयबारे जानकारी गराएका थिए ।
मन्त्री राणाले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका लागि रचनात्मक सहकार्य गर्ने बचनवद्धता व्यक्त गरेकी थिइन् ।