Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नवौँ महिला एसिया कपमा नेपालले पायो जितको लागि ११६ रनको लक्ष्य

 नवौँ महिला एसिया कपमा नेपालले पायो जितको लागि ११६ रनको लक्ष्य

जोईन खबर

४, श्रावण २०८१
  • 688
    SHARES
  •  नवौँ महिला एसिया कपमा नेपालले पायो जितको लागि ११६ रनको लक्ष्य


    ४ साउन काठमाडौँ । नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई०बाट जितका लागि एक सय १६ रनको लक्ष्य पाएको छ ।

    images

    श्रीलंकाको डम्बुलामा जारी खेलमा  टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको हो ।नेपाली टोलीका बलरहरुले गतिलो प्रदर्शन गरे । कप्तान इन्दू बर्माले तीन विकेट लिइन् । उनले चार ओभरमा १९ रन खर्चिइन् ।

    images
    images
    images

    यूएईका लागि छैटौँ नम्बरकी ब्याट्र खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् ।यसैगरी पाँचौँ नम्बरकी ब्याट्र कविसा एगोडेगले पनि २२ रन बनाइन् । समाइरा धरनिधरकाले १३ र कप्तान एसा ओजाले १० रन जोडे । यूएईका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 

    प्रकाशित मिति :श्रावण ४, २०८१ शुक्रवार - १६:१९:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको