५ साउन काठमाडौँ । नारायणघाट–मुग्लिङ सडकको भरतपुर महानगरपालिका–२९ मा बस र तेलको ट्याकंर एक्कासि ठोक्किँदा १६ जना घाइते भएका छन्।आज दिउँसो उक्त सडकखण्डमा भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोकिएको हो ।
नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस र ना ७ ख ५४९१ नम्बरको पेट्रोल टयाङ्कर एकापट्टीको भागमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले बताए।दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एवं डीएसपी भेषराज रिजालले जानकारी दिए।
उनका अनुसार, घाइते मध्य ११ जनालाई नयाँ मेडिकल कलेजमा भर्ना गरिएको छ। तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने १० जना मध्यम घाइते छन्।यसैगरी पुरानो मेडिकल कलेजमा १ जना र सरकारी अस्पतालमा ४ जनालाई भर्ना गरिएको छ। उनीहरुको अवस्था मध्यम रहेको छ।प्रहरीका अनुसार घाइतेहरुको परिचय खुलिसकेको छैन। दुवै सवारी साधन प्रहरी नियन्त्रणमा लिइएको डीएसपी रिजालले बताए।
घाइते हुनेमा बस चालक बारा निजगढ १३ बस्ने वर्ष ४१ को लालबहादुर घलान सोही बसका सहचालक तनहुँ भानु का ३९ बर्षीय राजेन्द्र क्षेत्री,भरतपुर महानगरपालिका–१६ का २६ बर्षी विनिता सुवेदी आचार्य विनिताको ४ वर्षका छोरा विप्लव आचार्य,तनहुँ बन्दीपुर का ५३ बर्षीय बद्रिकुमार श्रेष्ठ, भानु–४ बस्ने ४१ बर्षीय सृजना रानाभाट, सोही स्थानको २५ वर्षकी अमृता रानाभाट,तनहुँ ब्यास नगरपालिका–१२का ६० बर्षीय झलकबहादुर थापा,म्याग्दी १ का ३३ बर्षीय मनमाया आले,मनमायाको ७ वर्षीय छोरा ऋषभ आले,तनहुँ व्यास–१ का २९ बर्षीय अमृता थापा ,लमजुङ सुन्दर बजार–१० का ३२ बर्षीय पदम भुजेल,तनहुँ व्यास–१ का ४३ बर्षीय कमला माया थापा,तनहुँ व्यास–६ का २७ बर्षीय निरज गिरी र निरजका ५ वर्षका छोरा सुलभ गिरीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।